кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • अर्थ/वाणिज्य
  • Вот актуальная кракен даркнет для входа.
  • मोबाइल गेम पब्जी र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंंकबीच सम्झाैता

मोबाइल गेम पब्जी र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंंकबीच सम्झाैता

  • आइतवार, बैशाख १७, २०८०
मोबाइल गेम पब्जी र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंंकबीच सम्झाैता

काठमाडौं-विश्वको अग्रणी मोबाइल गेम पब्जी मोबाइल एवं  नेपालको उत्कृष्ट इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकबीच एक सम्झौता गरिएको  छ । नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको  अवस्थामा पब्जी मोबाइल का नेपालभर  ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।

‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ,’ वर्ल्डलिङ्कका सीईओले यस सहकार्यको महत्त्वलाई जोड दिँदै भने ।

वर्ल्डलिंक र पब्जी मोबाइल ले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपुर्व कदमको रूपमा लिएको छ र यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्न तत्पर छ।

‘थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने छ’ वर्ल्डलिङ्कका सीईओले थप बताए ।

यस साझेदारीको महत्वबारे बताउँदै टेन्सेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माताले भने, “मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ। यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका  प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् ।  पीएमजीसीमा डीआरएस, डेडआइज गाइज, स्काईलाइट्स गेमिङ र टी२केजस्ता हाम्रा प्रतिभाले पब्जी मोबाइल को लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता  प्रदर्शन गरेका  स्पष्ट रूपमा देख्न सकिन्छ ।  यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ । सीआर७ र फोरके गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन्, र  हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो। हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं। त्यसैले हामीले वर्ल्डलिंकलाई एक उत्कृष्ट साझेदारको रूपमा लिएका छौ, यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने हाम्रो जोश र संकल्पलाई आत्मसाथ समेत गर्दछ, यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र हो।

साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने छ। नेपालको गेमिङ समुदायका लागि थप  रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा समेत गर्न सकिन्छ ।

सम्बन्धित समाचार