AarthikBikash
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पश्चिमी वायुको प्रभावले वर्षा हुँदै

पश्चिमी वायुको प्रभावले वर्षा हुँदै

  • बिहिबार, बैशाख २१, २०८०
पश्चिमी वायुको प्रभावले वर्षा हुँदै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौंको आकाशमा बिहानैदेखि बदली रहेको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागमा केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

 

 

Facebook Comments

सम्बन्धित समाचार