AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति

नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति

  • आइतवार, बैशाख २४, २०८०
नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति कार्यालयमा रोकिएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) कानुनविद्हरूसँग छलफल गर्ने भएका छन् ।

दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भन्ने विषयमा राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संसद्‌बाट दुई–दुईपटक पारित नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा राष्ट्रपति कार्यालयमै रोकिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार