AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको प्रस्ताव: लडाकु शिविरदेखि चर्चामा आएका सबै काण्डहरू छानबिन गरौँ

एमालेको प्रस्ताव: लडाकु शिविरदेखि चर्चामा आएका सबै काण्डहरू छानबिन गरौँ

  • शनिबार, बैशाख ३०, २०८०
एमालेको प्रस्ताव: लडाकु शिविरदेखि चर्चामा आएका सबै काण्डहरू छानबिन गरौँ

काठमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले १६ बुँदे समसामयिक प्रस्ताव तय गरेको छ। तीन दिन बसेको बैठकले समसामयिमक विषयलाई समेटेर प्रस्ताव तयार पारेको हो।

प्रस्तावमा लडाकु शिविर घोटाला लगायत चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गरिएको छ ।

एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह र दबावविना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय माग गरेको छ । यो प्रकरणमा एमालेले सचिव टोपबहादुर रायमाझीबारे केही उल्लेख गरेको छैन ।

प्रस्तावमा भनिएको छ, ‘सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति सङ्गठित रूपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भने अर्कातिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ । यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ ।’

प्रस्ताव-

a11683978039.jpg

a21683978060.jpg

a31683978086.jpg

a41683978103.jpg

Facebook Comments

सम्बन्धित समाचार