AarthikBikash
मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वोच्चद्वारा ढाकाकुमारकाे मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा ढाकाकुमारकाे मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

  • बुधबार, जेष्ठ १०, २०८०
सर्वोच्चद्वारा ढाकाकुमारकाे मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले यस अघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमको माग गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा स्थापित गर्ने निर्णय गरेको थियो । तर श्रेष्ठले सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार