काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालमा शय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
काठमाडौं महानगरपालिकाले विश्व धुम्रपानरहित दिवस २०८० को अवसरमा बुधबार आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त निर्देशन दिएका हुन् ।
अस्पतालमा आइसियु, इमर्जेन्सी वा सिसियु बेड के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न उनले निर्देशन दिएका हुन् । त्यस्तै, ओपिडी टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए।