AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता

  • बिहिबार, जेष्ठ १८, २०८०
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको छ । चार दिने भारत भ्रमणमा रहेका प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका हुन् ।

आजै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गरेका थिए ।

राष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमै दिवा भोजको आयोजना गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार