AarthikBikash
मङ्लबार, कार्तिक १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तोलामा १ हजारले घट्यो सुनको मूल्य

तोलामा १ हजारले घट्यो सुनको मूल्य

  • बिहिबार, जेष्ठ २५, २०८०
तोलामा १ हजारले घट्यो सुनको मूल्य

काठमाडौ – नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको जनाएको छ । मूल्यसूची तय गर्दै महासंघले बुधबारको तुलनामा बिहीबार मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै  छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार यसको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।

Facebook Comments

सम्बन्धित समाचार