AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • बालेनसँग स्पष्टीकरण नलिन उच्च अदालतको आदेश

बालेनसँग स्पष्टीकरण नलिन उच्च अदालतको आदेश

  • मङ्लबार, असार १२, २०८०
बालेनसँग स्पष्टीकरण नलिन उच्च अदालतको आदेश

काठमाडौं-उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीशहरु गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले बालेनसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

प्राधिकरणको सिनामङ्गलस्थित निर्माण भइरहेको भवनको तारबार काटेको विषयमा प्रधिकरणले महानगरबाट स्पष्टीकरण मागेको थियो । तर, बालेनले आफूले स्पष्टीकरण पेस गर्नु नपर्ने भन्दै महानगरको तर्फबाट उच्च अदालतमा रिट पेस दर्ता गराएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार