AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • राजनीति
  • बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

  • बुधबार, असार १३, २०८०
बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए।

प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ। आज बजेट पारित गर्ने कार्यसूची रहेको छ।

यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने बताउँदै आएका थिए । यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०–०८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।

Facebook Comments

सम्बन्धित समाचार