AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • मेलै नेतृत्व गरेपछि अर्थतन्त्रमा धेरै सुधार भयो : प्रधानमन्त्री प्रचण्ड

मेलै नेतृत्व गरेपछि अर्थतन्त्रमा धेरै सुधार भयो : प्रधानमन्त्री प्रचण्ड

  • बुधबार, असार १३, २०८०
मेलै नेतृत्व गरेपछि अर्थतन्त्रमा धेरै सुधार भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको बताएका छन् ।

प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सदनले मलाई सरकारको नेतृत्व दिँदैगर्दा देशमा गम्भिर आर्थिक संकटको स्थिती र एउटा भाष्य बनेको थियो। नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो। यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन। आम नागरिकसम्म पनि पुगेको थियो। श्रीलंकाको तस्बिरले आम नागरिकलाई त्रसित बनाएको थियो। तर, हामीले त्यस्तो हुन दिएनौं। अर्थतन्त्र जागिसकेको छ। यो राष्ट्रकै उपलब्धि हो।’

उनले सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको बताए। उनले बैंक र व्याजदर घट्दै गएको बताए।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेपछि जनताको निराशा कम भएको बताए । उनले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा आफ्नो सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताए ।

Facebook Comments

सम्बन्धित समाचार