AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

  • बिहिबार, असार १४, २०८०
कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

सुर्खेत-कर्णाली प्रदेशसभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिएका छन् ।

यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो ।  बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार