AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल

लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल

  • शुक्रबार, असार २९, २०८०
लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्य योजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी प्रदान गरेका छन् ।

अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसकेका छन् ।

यस्तै पार्टीले महामन्त्री कुन्तीकुमारी शाहीको नेतृत्वमा महिला विभाग गठन गरेको छ । विभाग उपप्रमुखमा पार्टीका कार्यसम्पादन समिति सदस्य रेखा थापा, सदस्यसचिवमा अधिवक्ता सवान्त थापा तथा सदस्यमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रीता कुँवर रहेका छन् ।

पार्टीले आगामी छ महिनाभित्र हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने नीति लिएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिइन् ।

Facebook Comments

सम्बन्धित समाचार