AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • शनिबार एमाले सचिवालय बैठक बस्दै

शनिबार एमाले सचिवालय बैठक बस्दै

  • शुक्रबार, असार २९, २०८०
शनिबार एमाले सचिवालय बैठक बस्दै

काठमाडौं-नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।

महासचिव शंकर पोखरेलको नेतृत्वमाआज केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले भोली बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको बताइएको छ ।

यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल एजेण्‍डाका रूपमा रहेका छन्।

एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।

Facebook Comments

सम्बन्धित समाचार