кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, जेष्ठ २५, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • समाचार
  • मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउँछः अर्थमन्त्री महत

मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउँछः अर्थमन्त्री महत

  • सोमवार, साउन ८, २०८०
मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउँछः अर्थमन्त्री महत

बुटवल-अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन्। नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने बताएका हुन्।

‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ। मैदिक नितीले व्याजदर कम भए पछि लगानी बढ्छ। यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ।’ अर्थमन्त्री शर्माले भने। सोमबार प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्याजदर कम भएपछि लगानि बढ्ने र रोजगारीमा पनि वृद्धि हुने बताए। साथै उनल्ले पुजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनु पर्ने बताए। गतवर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्व धेरै उठने बताए।

काङ्ग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री महतले पार्टीको बैठक लाइभ गर्दा बाहिर यथार्थ कुरा बाहिर आएको बताए। पत्रकार सम्मेलन प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालको अध्यक्ष र सचीव कपिल ज्ञवालीको सन्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित समाचार