AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सय किलो सुन तस्करी प्रकरण : भन्सार एजेन्ट ‘जिम्मा जमानी’मा रिहा

सय किलो सुन तस्करी प्रकरण : भन्सार एजेन्ट ‘जिम्मा जमानी’मा रिहा

  • शुक्रबार, साउन १९, २०८०
सय किलो सुन तस्करी प्रकरण : भन्सार एजेन्ट ‘जिम्मा जमानी’मा रिहा

काठमाडौं – करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ । सुब्बा भन्सार एजेन्ट हुन् । उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले  बताए ।

उनले भने–‘उपचार प्रयोजनार्थ उहाँलाई रिहा गरिएको हो, सुनमा असंलग्न भनेर होइन् ।’ घाँटीमा क्यान्सर देखिएकोले उनी उपचार गराइरहेकी छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको अकिारीले बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’ मा संलग्न आरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।

Facebook Comments

सम्बन्धित समाचार