AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रतिनिधिसभा बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

  • सोमवार, साउन २२, २०८०
प्रतिनिधिसभा बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभा बैठक भोलि दिउँसो सम्मका लागि स्थगित भएको छ।

संसदको अवरोध खोल्ने विषयमा सभामुखसहित शीर्ष नेताहरुबीच सहमती हुन नसकेपछि संसद् सचिवालयले सूचना टाँस गरी मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएको छ।

साेमबार  मध्यान्ह साढे १२  बजेदेखि साढे दुई बजेसम्म सिंहदरवारमा बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको थियो । पछि ४ बजे नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा पुन:  बैठक बस्दा पनि सहमति जुट्न सकेन ।

बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत सहभागी थिए ।

१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेकाे छ ।

Facebook Comments

सम्बन्धित समाचार