AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खेलकुद
  • इंग्ल्याण्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि

इंग्ल्याण्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि

  • आइतवार, भदौ ३, २०८०
इंग्ल्याण्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि

एजेन्सी-फिफा महिला विश्वकप २०२३ को उपाधि स्पेनले जितेको छ । आइतबार भएको फाइनल खेलमा इंग्ल्याण्डलाई १–० गोलले हराउँदै स्पेन पहिलोपटक विजेता बनेको हो ।

स्टेडियम अष्ट्रेलियामा भएको खेलको २९ औं मिनेटमा ओलगा कार्मोनाले गरेको गोल नै स्पेनको जितका लागि निर्णायक गोल बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले थुप्रै गोल गर्ने अवसर सिर्जना गरेका थिए । खेलको ६९ औं मिनेटमा स्पेनकी जेनिफर हर्मोसोले पेनाल्टी मिस गरिन् । उनको प्रहारलाई इंग्ल्याण्डकी गोलकिपर म्यारी इर्प्सले विफल पारेकी थिइन् ।

सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा अमेरिका सर्वाधिक सफल टोली हो ।

उसले ४ पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले २ पटक उपाधि जित्दा नर्वे र जापान र स्पेनले एक–एक पटक उपाधि जितेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार