AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • एमसीसीबारे १२ बुँदे ब्याख्यात्मक घोषणाको अर्थ छैनः केपी ओली

एमसीसीबारे १२ बुँदे ब्याख्यात्मक घोषणाको अर्थ छैनः केपी ओली

  • बुधबार, भदौ १३, २०८०
एमसीसीबारे १२ बुँदे ब्याख्यात्मक घोषणाको अर्थ छैनः केपी ओली

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्याख्यात्मक घोषणा अमेरिकी सहयोग कार्यक्रम (एमसीसी)ले नमान्ने बताएका छन्। बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सम्झौताका विषयमा संसदले पासा गरेको १२ बुँदे ब्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताए हुन्।

‘त्यो १२ बुदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले (सत्तापक्षले) नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो।’

उनले तत्कालिन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने उनले बताए। तर, नेपालको संसदले अनुमोदन गरेका हुनाले कार्यान्वयनमा जाने उनको भनाई छ।

१२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग हुन्छ भनेर तत्कालिन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संसदमा झुट बोलेको ओलीले बताए।

एमसीसी पास गर्र्नु उपयुक्त हो होइन भन्ने विषयमा बेग्लै ढंगले सोच्नुपर्नेमा सरकारले त्यसबेला झुट बोलेर पारित गराएको उनको भनाइ छ।

Facebook Comments

सम्बन्धित समाचार