AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीकै अगाडी कर्मचारीले दिए सिंहदरबार घेर्ने चेतावनी

प्रधानमन्त्रीकै अगाडी कर्मचारीले दिए सिंहदरबार घेर्ने चेतावनी

  • शुक्रबार, भदौ २२, २०८०
प्रधानमन्त्रीकै अगाडी कर्मचारीले दिए सिंहदरबार घेर्ने चेतावनी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने निर्णय भइसकेको बताएका छन्। उक्त विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् राखिएको जानकारी दिंदै उनले भने–‘यहाँ ट्रेड युनियन अधिकारको कुरा पनि उठ्यो, हामीले अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरिएको छैन।’

निजामती सेवा दिवस २०८० को अवसरमा आज बिहान सिंहदरबार परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूको सहमतिबाट संसदले निजामती सेवा विधेयक छिटो पारित गर्ने विश्वास लिएको बताए।

मन्त्रिपरिषदको बिहीबारको बैठकले संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो।

यसैबीच प्रधानमन्त्री कै अगाडि सोही कार्यक्रममा सिंहदरबार घेर्नेसम्मको चेतावनी पनि आयो । कार्यक्रममा ट्रेड युनियनको तर्फबाट सम्बोधन गर्दै उत्तम कटुवालले ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए ।

उनले आफूहरुको चासो सम्बोधन नभए सिंहदरबार घेर्ने चेतावनी समेत दिए । उनको चेतावनीपछि प्रधानमन्त्रीले विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको जानकारी गराएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार