mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२

धादिङमा दुईजना माथि एसिड प्रहार

  • मङ्लबार, अशोज २, २०८०
धादिङमा दुईजना माथि एसिड प्रहार

काठमाडौं-धादिङमा दुईजनामाथि एसिड प्रहार भएको छ। मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजनामाथि मंगलबार बिहान एसिड प्रहार भएको हो।

गजुरी गाउँपालिका–२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। मापसे सेवन गरी उनको पसलमा पुगेका व्यक्तिले विवाद गरेका थिए। प्रहरीका अनुसार सोही क्रममा उनले आफ्नै पसलमा रहेको एसिड निकालेर छ्यापेका थिए।

एसिड प्रहारबाट धादिङकै बेनीघाट रोराङ गाउँपालिका–३ का १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका छन्। एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन्।

घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार