काठमाडौं-नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ(क्यान) को सचिव पदमा निर्वाचित भएका छन् ।
शनिबार भएको क्यानको केन्द्रिय चुनावमा प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।
अहिलेसम्म ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । ४३ योसँगै पारसको जित पक्का भएको हो ।