AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

आज सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

  • आइतवार, अशोज ७, २०८०
आज सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको छ । यो प्रकरणको सुनुवाइको सबै प्रक्रिया सकिएर फैसला आउने बेला भए पनि विभिन्न बाहाना बनाएर फैसलामा ढिलाइ गरिएको छ ।

यसअघि तोकिएको पेसीका दिन यो मुद्दा विदामा बसेका न्यायाधीशको इजलासमा परेपछि स्थगित भएको थियो । मुद्दाकै कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि उनी चीन जाने नजाने टुंगो लागेको छैन ।

यसअघिको सुनुवाइमा जिल्ला अदालतले पीडित बालिकाकी आमाको जन्म मिति मगाउने आदेश गरेको थियो । एक नाबालिग किशोरीलाई होटेलमा लगेर बलात्कार गरेको आरोप लामिछानेमाथि छ ।

Facebook Comments

सम्बन्धित समाचार