AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सार्कका नवनियुक्त महासचिव सरवरले सम्हाले कार्यभार

सार्कका नवनियुक्त महासचिव सरवरले सम्हाले कार्यभार

  • शनिबार, कार्तिक ११, २०८०
सार्कका नवनियुक्त महासचिव सरवरले सम्हाले कार्यभार

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले आज जनाएको छ ।

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन् । उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् ।

सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बंगलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् । उनले क्वालालम्पुर, काठमाडौं, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन् ।

सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार