AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन : सभापति देउवा

पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन : सभापति देउवा

  • शनिबार, कार्तिक ११, २०८०
पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलापनै रहेको बताएका छन् ।

शनिबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।

सभापति देउवाले भने,’ठूला दल बिस्थापित गर्नुपर्छ भन्ने कुरालाई मैले सकारात्मक रूपमा लिएको छु। काम गर्नुपर्‍यो भन्नु राम्रो कुरा हो नि। चुनौती आएको छैन। ठूला दलका ठूला नेताहरू त आलोचनाका पात्र हुँदै हुन् त। आलोचना गर्ने कुरालाई खराब मानेकै छैन त यहाँ। आलोचना गर्नसम्म गर्नुस् न। पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन। म मेलमिलाप गर्न खोजिराखेको छु। कहीँ समस्या छ भने समाधान गर्छु।’

उनले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताए। सभापति देउवाले पार्टी भित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताए।

उनले आफूले पार्टी भित्र मेलमिलापको वातावरण बनाउने कोशिस गरिरहेको पनि बताए। सभापति देउवाले ठूला दल बिस्थापित हुन्छन् भन्ने कुरा पनि सत्य नभएको बताए।

Facebook Comments

सम्बन्धित समाचार