AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • भूकम्प प्रभावितका लागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने सरकारको निर्णय

भूकम्प प्रभावितका लागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने सरकारको निर्णय

  • आइतवार, कार्तिक १९, २०८०
भूकम्प प्रभावितका लागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले छिमेकीलगायत मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्रस्ताव भएको सहयोग स्वीकार गर्ने, तथा त्यस्तो सहयोगका लागि सरकारका तर्फबाट धन्यवादन दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

Facebook Comments

सम्बन्धित समाचार