AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • हिमालयन रि-इन्स्योरेन्सको आईपीओ निष्कासन मिति परिवर्तन,कारण यस्तो

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ निष्कासन मिति परिवर्तन,कारण यस्तो

  • सोमवार, कार्तिक २०, २०८०
हिमालयन रि-इन्स्योरेन्सको आईपीओ निष्कासन मिति परिवर्तन,कारण यस्तो

काठमाडौं – हिमालयन रि–इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको प्राथमिक सेयर (आईपीओ) निष्कासन मिति परिवर्तन गरेको छ । कम्पनीले कात्तिक २१ गतेदेखि निष्कासन गर्ने भनेको आईपीओ अब मंसिर ६ गतेबाट मात्र निष्कासन गर्ने भएको छ ।

सार्वजनिक लेखा समितिमा यो कम्पनीको आईपीओ निष्कासनका विषयमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र कम्पनी रजिस्टार्डको कार्यालयलाई यसको विषयमा जानकारी गराउन पत्र लेखिएको छ । सोही कारण हिमालयनले आफ्नो आईपीओ निष्कासन मिति परिवर्तन गरेको हुनसक्ने आंकलन गरिएको छ ।

तर, बिक्री प्रबन्धक एनएमबि क्यापिटलले भने तिहारको बिदालाई मध्यनगर गरेर लगानीकर्ताको सहजताका लागि निष्कासन मिति परिवर्तन गरिएको सूचनामा उल्लेख छ ।

“तिहारको लामो सार्वजनिक बिदा पर्न गएको हुँदा लगानीकर्ताहरूको सहजतालाई मध्यनजर गर्दै उक्त निष्कासनको समयलाई परिवर्तन गरी मिति २०८० मंसिर ४ गते सोमबारबाट बिक्री खुला गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ,” सूचनामा उल्लेख छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको थियो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० मा १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा ३० लाख कित्ता सेयर निष्कासन गर्ने मिति तय गरेको थियो ।

वैदेशिक रोजगारीमा गएका नेपालीले यो कम्पनीको आईपीओमा मंसिर ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् । तर, लगानीकर्ताले सार्वजनिक लेखा समितिमा यो आईपीओमा अनियमितता भएको भन्दै उजुरी दिएका थिए । सोही जानकारीका लागि समितिले तीनवटा निकायलाई जवाफ मागेको छ ।

उपयुक्त जवाफ नआए सम्बन्धित निकायका पदाधिकारीहरूलाई बोलाएर सोधपुछ गर्ने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार