AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नाडाको अध्यक्षमा जुट्याे सहमति, करण चौधरी सर्वसम्मत

नाडाको अध्यक्षमा जुट्याे सहमति, करण चौधरी सर्वसम्मत

  • बुधबार, पुस ४, २०८०
नाडाको अध्यक्षमा जुट्याे सहमति, करण चौधरी सर्वसम्मत

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुने भएका छन् । मंगलबार नाडाका पदाधिकारीसहितको बैठकले चौधरीलाई पूर्ण कार्यकालका लागि अध्यक्ष बनाउने सहमति गरेको नाडाका वर्तमान महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

नाडाका वर्तमान अध्यक्ष ध्रुव थापा र उपाध्यक्ष निराकार श्रेष्ठले पनि दुईवर्षे पूर्ण कार्यकालका लागि चौधरीलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरिएको बताए । चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । उनलाई प्रतिस्पर्धी गोल्छा ग्रुपका आकाश गोल्छा र सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले समर्थन गरेका हुन् ।

नाडा अटोमोबाइल्स एशोसिएनस अफ नेपालले पुस २० र २१ गते ४७औँ वार्षिक साधारण सभा र निर्वाचन गर्ने भएको छ । अध्यक्ष सर्वसम्मत भएपछि अब २४ जना केन्द्रीय कार्य समिति सदस्य छानिने छन् । ती सदस्यले उपाध्यक्षलगायत पदाधिकारी छान्ने छन् । तर, त्यसका लागि पनि सहमतिमै चयन गर्ने तयारी भइरहेको नाडाका वर्तमान अध्यक्ष थापाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार