AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नेप्से ३५ अंकले बढ्यो, एक वर्षयताकै उच्च कारोबार

नेप्से ३५ अंकले बढ्यो, एक वर्षयताकै उच्च कारोबार

  • बुधबार, पुस ४, २०८०
नेप्से ३५ अंकले बढ्यो, एक वर्षयताकै उच्च कारोबार

काठमाडौं – बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशतले बढेको नेप्से २१४१.८७ बिन्दुमा पुगेको छ ।

यस दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार छ । जुन विगत एक वर्ष यताकै उच्च कारोबार हो । यसअघि २०७९ पुस २६ गतेको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अधिकांश कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, लगानी ५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र ब्यापार उपसमूह १७९ अंक बढे भने निर्जीवन बीमा १० र होटल तथा पर्यटन समूह भने ११५ अंक घटेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार