AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल

  • बिहिबार, पुस ५, २०८०
नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल

काठमाडौं – नेपाल र श्रीलंकाबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ ।

नेपाल–श्रीलंका संयुक्त आयोगको आज यहाँ भएको बैठकमा व्यापार तथा लगानी अभिवृद्धि, दुई देशबीच हवाई सम्पर्क विस्तार, संस्कृति, पर्यटन एवं शिक्षा क्षेत्रमा सहकार्य, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई सुदृढ गर्ने तथा क्षेत्रीय सहयोगका साथै बहुपक्षीय मञ्चमा सहकार्य गर्ने सम्बन्धमा विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र श्रीलंकाली पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री एमयुएम अली साब्रीले गरेका थिए ।

बैठकमा काठमाडौं–कोलम्बो हवाई सेवा प्रारम्भ भएकामा दुवै पक्षले सन्तुष्टि जनाउँदै कोलम्बो र लुम्बिनीबीच पनि हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको थियो ।

दुवै देशका मन्त्रीले जलवायु परिवर्तनका कारण आफ्नो देशले भोग्नुपरेको असरबारे विचार आदानप्रदान गरेका थिए । उनीहरूले जलवायु न्याय, हानिनोक्सान कोषको प्रारम्भिक परिचालनका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनमा जोड दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार