AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वोच्चका नवनियुक्त ६ जना न्यायाधीशले लिए शपथ

सर्वोच्चका नवनियुक्त ६ जना न्यायाधीशले लिए शपथ

  • बिहिबार, पुस ५, २०८०
सर्वोच्चका नवनियुक्त ६ जना न्यायाधीशले लिए शपथ

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश श्रेष्ठसमक्ष नवनियुक्त न्यायाधीश सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएका हुन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सार्वोच्चको न्यायाधीशमा नियुक्त गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार