AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

  • मङ्लबार, पुस १०, २०८०
आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् ।

यसअघि प्रधानमन्त्रीको सचिवालयले दिउँसो ३ बजे संबोधन गर्ने बताएको थियो । तर प्रचण्डको व्यवस्तताले गर्दा ५ बजेलाई सारिएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार