AarthikBikash
बुधबार, मंसिर १९, २०८१

हालको खबर

  • होमपेज
  • राजनीति
  • बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री

बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री

  • बुधबार, पुस ११, २०८०
बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री

गोरखा-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताएका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा  उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी  आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उल्लेख गरे ।

एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उनले बताए । ‘यो आयोजनाबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र समृद्धिका निम्ति तथा  रोजगारीको अवसर पनि हुन्छ,’ प्रधानमन्त्री दाहालले भने।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सांसदसमेत रहनुभएका प्रधानमन्त्री दाहालले निर्वाचनका बेला आफूले जनता समक्ष गरेको प्रतिबद्धता नबिर्सिएको तर केही कारणले ढिलाइ भएको उल्लेख गरे। उनले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग निर्माण गर्नका लागि छलफल अगाडि बढाइसकेको बताए ।

प्रधानमन्त्री दाहालले आँपपीपल अस्पताललाई ५० शय्याका रुपमा विकास गरे जिल्लाको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकिने र त्यसका लागि आधार तयार पार्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।