AarthikBikash
बिहिबार, मंसिर २०, २०८१

हालको खबर

  • होमपेज
  • राजनीति
  • कुलमानले उद्योगीलाई भने : ‘किस्ताबन्दीमा पनि महसुल भुक्तानी गर्न सकिनेछ’

कुलमानले उद्योगीलाई भने : ‘किस्ताबन्दीमा पनि महसुल भुक्तानी गर्न सकिनेछ’

  • बिहिबार, पुस १२, २०८०
कुलमानले उद्योगीलाई भने : ‘किस्ताबन्दीमा पनि महसुल भुक्तानी गर्न सकिनेछ’

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने बताएका छन् ।

डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ग्राहकको विद्युत महसुल भुक्तानी विवाद लगायत विषयमा जानकारी दिँदै घिसिङले विद्युत् खपत गरेको तथ्यांक सुरक्षित रहेको बताए ।

घिसिङले  भने,‘लामो समय अनिर्णयको बन्दीकारुपमा रहेको डेडिकेटेड र ट्रन्कलाईनको रकम उठाएरै छाड्ने नीतिमा प्राधिकरण पुगेको छ । डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् खपत गरेको तथ्यांक सुरक्षित रहेको छ । किस्ताबन्दीमा पनि महसुल भुक्तानी गर्न सकिने छ ।’

घिसिङले पहिले उद्योगीकै आग्रहमा लोडसेडिङ भएको दाबी गरे। उनले आफू प्राधिकरणमा आएसँगै बिजुलीको असमान वितरण अन्त्य गरेको दाबी समेत गरेका छन्।

‘म कार्यकारी निर्देशक भएर आएपछि बिजुलीको असमान वितरणको कारण लोडसेडिङ भएको भन्ने महसुस गरेँ’, उनले थपे, ‘त्यो पनि प्रष्ट छ। १० मेगावाटको कुनै उद्योगले निरन्तर बिजुली प्रयोग गर्दा ५ जिल्ला अन्धकार हुन्छ । र, त्यो भएकै थियो।’

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।