AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • ६ प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

६ प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

  • शनिबार, पुस १४, २०८०
६ प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं-६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । शुक्रबार हेटौँडा भेला भएर अन्तर प्रदेश समन्वय बैठक मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका सातै प्रदेशका मुख्यमन्त्रीले आज प्रचण्डलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन् ।

भेटमा हेटौँडा बैठकले गरेको निर्णय र पोखरा बैठकको निर्णयबारे ध्यानाकर्षण गराउँदै सङ्घीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न उनीहरुले प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए ।

भेटमा हेटौँडा भेलाले गरेको ९ बुँदे निर्णय प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको थियो । मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी भएनन् ।

Facebook Comments

सम्बन्धित समाचार