काठमाडौं-माइतीघरमा प्रदर्शन गर्न पुगेका डा.गोविन्द केसीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरमा केसीसहित केही व्यक्तिहरू प्रदर्शन गर्न पुगेकोमा निषेधित क्षेत्र भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सशस्त्र द्वन्द्वकालका पीडितलाई न्यायको माग गर्दै धर्ना दिन पुगेका थिए ।