AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • भारतसँग भएका सम्झौताबारे जानकारी गराउन कानुन समितिको बैठकमा जाँदै प्रधानमन्त्री

भारतसँग भएका सम्झौताबारे जानकारी गराउन कानुन समितिको बैठकमा जाँदै प्रधानमन्त्री

  • बुधबार, पुस २५, २०८०
भारतसँग भएका सम्झौताबारे जानकारी गराउन कानुन समितिको बैठकमा जाँदै प्रधानमन्त्री

काठमाडौं-सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बिहान बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् ।

बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने छ । बैठकमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबिच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ ।

गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ भने सरकारको आलोचनासमेत भइरहेको छ ।

यस्तै आजै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार