AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • भालुवाङ दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

भालुवाङ दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

  • शनिबार, पुस २८, २०८०
भालुवाङ दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा भएको बस दुर्टनाप्रति दु:ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले दुर्घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा १२ जनाको ज्यान गएको छ ।

Facebook Comments

सम्बन्धित समाचार