AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • भालुवाङ बस दुर्घटनाका चालक भन्छन् : चक्का नमोडिएपछि बस राप्तीमा खस्यो

भालुवाङ बस दुर्घटनाका चालक भन्छन् : चक्का नमोडिएपछि बस राप्तीमा खस्यो

  • शनिबार, पुस २८, २०८०
भालुवाङ बस दुर्घटनाका चालक भन्छन् : चक्का नमोडिएपछि बस राप्तीमा खस्यो

काठमाडौं-शुक्रबार राथि राप्ती नदीमा खसेको बसका चालकले चक्का नमोडिएपछि बस नदीमा खसेको बताएका छन् ।

सल्यान त्रिवेणी गाउँपालिका-४ का २८ वर्षीय लाल बहादुर नेपालीले मोड्ने बेला चक्का नघुमेपछि बस पुलबाट नदीमा खसेको बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा बस चालक लालबहादुरले ‘ड्राइभ शाफ्ट’ बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएका छन् ।

यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार