AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपतिबाट राष्ट्रियसभामा दुर्गा पौडेललाई मनोनित गर्न जनमोर्चाको प्रस्ताव

राष्ट्रपतिबाट राष्ट्रियसभामा दुर्गा पौडेललाई मनोनित गर्न जनमोर्चाको प्रस्ताव

  • आइतवार, पुस २९, २०८०
राष्ट्रपतिबाट राष्ट्रियसभामा दुर्गा पौडेललाई मनोनित गर्न जनमोर्चाको प्रस्ताव

काठमाडौं-राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट राष्ट्रियसभाको महिला सदस्यमा मनोनीत गर्न प्रस्ताव गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन्।

अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का। दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ । त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रिय सभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ ।’

साथै जनमोर्चाले राष्ट्रिय सभाको आगामी चुनावमा गठबन्धन पक्षधर सबै उम्मेदवारहरूलाई विजय बनाउन सबै मतदाताहरूसँग अपिल गरेको छ । जनमोर्चाका गण्डकी र लुम्बिनीका केही जिल्लाहरूमा मात्र मतदाताहरू छन् ।

जनमोर्चाको गण्डकीमा ५७ र लुम्बिनीमा १२९ गरी १८६ मतभार रहेको छ । आगामी फागुन २० गतेबाट राष्ट्रपतिबाट मनोनीत १ सहित राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये १९ जनाको माघ ११ मा निर्वाचन हुँदैछ ।

Facebook Comments

सम्बन्धित समाचार