AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

  • सोमवार, माघ १, २०८०
बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

काठमाडौं-सर्लाहीको बरहथवामा भएको घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ । गएको पुस २० गते भएको घटना छानबिन गर्न गठित समितिले ती हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरेको हो ।

गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव गौतम नेतृत्वको समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो । समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको हाे। ती हवल्दारले चलाएकै गोलीका कारण उनको मृत्यु भएको समितिको निष्कर्ष छ ।

छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार