кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • उर्जामन्त्री बस्नेतले भने : आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ

उर्जामन्त्री बस्नेतले भने : आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ

  • बिहिबार, माघ ४, २०८०
उर्जामन्त्री बस्नेतले भने : आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ

काठमाडौं-उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्ने बताएका छन्।

बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानको २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उर्जामन्त्री बस्नेतले यस्तो बताएका हुन्।

उर्जामन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने दाबी गरे ।

उनले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्नसक्ने बताए। उनले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको बताए ।

उर्जामन्त्री बस्नेतले भने,’१२ वर्षको इतिहासबाट हिसाब गर्दा र त्यहाँ प्लस माइनस गुणा गर्दा हिसाब नमिल्न सक्छ । तर पछिल्लो एक दशक र १६ महिनाको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको छ, यो हिसाबले हेर्दा आगामी १२ वर्षमा हामी २८ हजार भन्दा बढी विद्युत उत्पादन गर्न सक्छौँ।’

उनले पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको समेत बताए । मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके उर्जा क्षेत्रका समस्या समाधान हुने बताए ।

लगानीकर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको मन्त्री बस्नेतको भनाइ छ।

सम्बन्धित समाचार