AarthikBikash
आइतवार, असार १, २०८२
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा निर्वाचन सुरक्षाबारे कार्यबाहक प्रधानमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

राष्ट्रिय सभा निर्वाचन सुरक्षाबारे कार्यबाहक प्रधानमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

  • बिहिबार, माघ ४, २०८०
राष्ट्रिय सभा निर्वाचन सुरक्षाबारे कार्यबाहक प्रधानमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं-कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले देशको पछिल्लो सुरक्षास्थितिबारे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूसँग उनले छलफल गरेका हुन् ।

छलफलमा गृहमन्त्री श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक सहभागि थिए ।

रक्षा मन्त्रालयमा भएको छलफलमा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए।

त्यस अवसरमा खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनसमेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिए।

सम्बन्धित समाचार