AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • दार्चुला बस दुर्घटना : ५ जनालाई थप उपचारका लागि धनगढी पठाइयो

दार्चुला बस दुर्घटना : ५ जनालाई थप उपचारका लागि धनगढी पठाइयो

  • शुक्रबार, माघ ५, २०८०
दार्चुला बस दुर्घटना : ५ जनालाई थप उपचारका लागि धनगढी पठाइयो

दार्चुला-दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको यात्रुबाहक बस दुर्घटनामा घाइते १४ जनामध्ये ५ जनालाई उपचारका लागि रेफर गरिएको छ ।

गम्भीर घाइते दुहु गाउँपालिका–४ की २४ वर्षीया कमला बम, सोही ठाउँका ४ वर्षीय हिमान्सु बम र सोही ठाउँका १८ वर्षीय बीरबहादुर बमलाई धनगढी रेफर गरिएको हो।

त्यस्तै घाइते महाकाली नगरपालिका–५ की ६० वर्षीय पशुपति टमटा र सोही ठाउँकी १८ वर्षीया निमता ओडलाई पनि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै घाइते हुनेमा कैलालीका ४० वर्षीय नरेन्द्र धामी, ब्यास गाउँपालिका–४ का ५४ वर्षीय परमान्द भट्ट, कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका–३ का ५२ वर्षीय महेश ढाट, महाकाली नगरपालिका–१ का ३१ वर्षीय लालसिंह कार्की, बैतडी जिल्ला खोड्पेका १७ वर्षीय लक्ष्मण महरा, अपीहिमाल गाउँपालिका–३ का १७ वर्षका भरत धामी, बैतडी जिल्ला दशरथचन्द नगरपालिका–४ का २२ वर्षीय प्रशान्त पौडेल, दुहु गाउँपालिका–३ का ३५ वर्षीय हरकसिंह कार्की, महाकाली नगरपालिका–१ का ३९ वर्षीय जगत सिंह कार्की, बैतडी जिल्ला मेलौली नगरपालिका–६ का ३८ वर्षीय तारा दत्त ओझा रहेका छन्।

घाइतेहरुको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुन पुगेको थियो ।

प्रहरीका अनुसार बस चालक पनि घाइते अवस्थामा रहेको हुनाले दुर्घटना के कति कारणले भए भन्ने यकिन भइनसकेको अवस्था छ । दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार