AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • राहुल महरालाई थुनामै राख्न उच्च अदालतको आदेश

राहुल महरालाई थुनामै राख्न उच्च अदालतको आदेश

  • बिहिबार, माघ ११, २०८०
राहुल महरालाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं-भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश सदर गर्दै राहुललाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित राहुलले दिएको निवेदनलाई उच्च अदालतले अस्वीकार गरेको बताइएको छ ।

राहुल पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन्। काठमाडौं जिल्ला अदालतले गत असोज २६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

पौडेललाई पुर्पक्षको लागि ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । राहुल अहिले भन्सार चोरी पैठारी र सङ्गठित अपराध कसुरमा थुनामा छन् ।

Facebook Comments

सम्बन्धित समाचार