AarthikBikash
आइतवार, कार्तिक २५, २०८१
  • होमपेज
  • राजनीति
  • विद्युतीय गाडीलाई दिइएको छुटले ३५ अर्ब बढी राजस्व घट्यो : अर्थमन्त्री महत

विद्युतीय गाडीलाई दिइएको छुटले ३५ अर्ब बढी राजस्व घट्यो : अर्थमन्त्री महत

  • शुक्रबार, माघ १२, २०८०
विद्युतीय गाडीलाई दिइएको छुटले ३५ अर्ब बढी राजस्व घट्यो : अर्थमन्त्री महत

काठमाडौं – अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीलाई दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको बताएका छन्।

भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी आयात हुँदा राजस्व अपेक्षित उठ्न नसकेको बताए।

अर्थमन्त्री महतले भने,’विगतमा गाडी आयात इन्धनमा आधारित भएकोमा अहिले विद्युतीय गाडीको आयात दोब्बर भएको छ । विद्युतीय गाडीको न्यून भन्सार दर रहेको छ। विद्युतीय गाडीका कारण ३५ अर्ब कम राजस्व उठेको छ।’

उनले राजस्वका दृष्टिले अहिले दबाबमा रहेको बताए। लक्ष्यअनुसारको राजस्व नउठ्नुमा डिजिटल कारोबारलाई पछ्याउन समस्या देखिएको अर्थमन्त्री महतले बताए।

व्यवसाय गर्ने शैलीमा व्यापक परिवर्तन आएको सन्दर्भमा भन्सार र राजस्व प्रशासन सोही शैलीबाट अघि बढ्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ।

Facebook Comments

सम्बन्धित समाचार