AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

  • शुक्रबार, माघ १२, २०८०
थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौं- थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका एक जवान १६ वर्षपछि पक्राउ परेका छन् ।

लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका वीरवल राय यादवला १६ वर्षपछि पक्राउ परेका हुन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यादवलाई नेपाल-भारत सीमा काकडभिट्टाबाट पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए ।

भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो। लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिक असरफ आलमलाई भगाउन १ करोडबाट सुरू गरेर १० लाख डिल गरेको पछि ६ लाख २५ हजार पाएको प्रहरीको भनाइ छ ।

खैरो हेरोईन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा भारत पुर्विचम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने  असरफ आलमलाई २०६४/०२/०९ गते राति साढे ८ बजेतिर प्रहरी जवान वीरवल राय यादवले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी इन्स्पेक्टरले बोलाएको भन्दै बाहिर निकाली दुवैजना फरार भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तत्कालीन जवान यादवलाई आज सार्वजनिक गरेकव हो ।

Facebook Comments

सम्बन्धित समाचार