AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस भासियो

नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस भासियो

  • शुक्रबार, माघ १२, २०८०
नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस भासियो

काठमाडौं- काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा गुड्दागुड्दै भासिएको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । यात्रुहरू भने बाहिर निस्किएका छन् ।

२ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार