AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्ड नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुनसक्छ : केपी ओली

प्रचण्ड नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुनसक्छ : केपी ओली

  • आइतवार, माघ १४, २०८०
प्रचण्ड नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुनसक्छ : केपी ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुनसक्ने बताएका छन् ।

एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार धोकाबाट बनेको भएकाले कोशीमा झैँ जुनसुकै बेलामा उथलपुथल हुनसक्ने दाबी गरे।

अध्यक्ष ओलीले कोशीमा कम मत भएपनि एमाले जित्न सफल भएको बताए । प्रचण्ड नेतृत्वको सरकारले सहिद थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए ।

अध्यक्ष ओलीले राजावादीहरूको आन्दोलनलाई केटाकेटीको खेलको संज्ञा दिँदै अब फर्किने सम्भावना रहेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार