AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले भने : रुग्ण उद्योग नेपाली सेना र निजी क्षेत्रलाई सञ्चालन गर्न दिन्छौं

प्रधानमन्त्री प्रचण्डले भने : रुग्ण उद्योग नेपाली सेना र निजी क्षेत्रलाई सञ्चालन गर्न दिन्छौं

  • सोमवार, माघ १५, २०८०
प्रधानमन्त्री प्रचण्डले भने : रुग्ण उद्योग नेपाली सेना र निजी क्षेत्रलाई सञ्चालन गर्न दिन्छौं

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने सरकारले संकल्प गरेको बताएका छन्।

पर्साको वीरगञ्जमा सुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समिति र राष्ट्रिय परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योगलगायत रुग्ण रहेकालाई अघि बढाउने योजना सरकारको रहेको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले भने,‘हिजोमात्रै दुई वटा नयाँ काम अघि बढाउने निर्णय गरेका छौं । कतिपय निजी र सार्वजनिक सहकार्य र कतिपय नेपाली सेनालाई सञ्चालन गर्न दिने ठोस निर्णय भएको छ। यसको परिणाम एक साताभित्र नै राष्ट्रले देख्नेछ । यो सरकारले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने संकल्प गरेको छ ।’

प्रधानमन्त्री प्रचण्डले यो पटक सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सानोतिनो क्रान्ति ल्याउन खोजेको दाबी गरे ।त्यसको सुरुवात केही दिनअघि अध्यादेश ल्याएर राष्ट्रपतिबाट अनुमोदन भइसकेको उनको भनाइ छ।उनले नेपाललाई नयाँ युगतिर लिने काम अहिलेको सरकारले गरिरेको पनि दाबी गरे । तर, त्यसका विरुद्ध चौतर्फी आक्रमण भइरहेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार